५ असार, काठमाडौं । पूर्वी नेपालका ९ जिल्लामा सघन बसोबास रहेका लिम्बुजातिले राज्यसत्तासँग असन्तुष्टि जनाउन थालेको तत्कालीन राजा महेन्द्रले भूमिसुधार कार्यक्रम लागू गरेदेखिकै हो । यतिबेला अलग्गै लिम्बुवान प्रदेशको माग गरिरहेको यो समुदायमा आन्तरिक एकता भने सधैं कमजोर रहँदै आएको छ ।
विधिन्न भुरेटाकुरे दलहरु बनाएर ‘जय लिम्बुवान’को नारा लगाउँदै आएका लिम्बुजन्य पाँचवटा पार्टीहरु ०७१ सालमा धनकुटाको भेडेटारमा भेला भएर एकतावद्ध बनेका थिए । तर, अहिले फेरि त्यो एकता टुटेको छ । कुमार लिङदेन एकातिर छन् भने वीर नेम्वाङ, सञ्जुहाङ पालुङवा, कमल छाराहाङ, खगेन्द्र माखिम लगायतका नेताहरु लिङदेनको विपक्षमा छन् ।
मधेसी गठबन्धनसँग मिलेर खुल्लामञ्चमा अनसन बसिरहेका संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले असार दोस्रो साता संघीय लोकतानित्रक राष्ट्रिय मञ्चको दोस्रो महाधिवेशन गर्ने घोषणा गरेपछि लिम्बुवान पार्टी फुटेको अर्थमा प्रचार गर्न थालिएको छ ।
अध्यक्ष लिङदेनले एकलौटी ढंगबाट पार्टी चलाएको एकथरिले आरोप लगाएका छन् भने लिङदेन पक्षका नेता-कार्यकर्ताहरुले चाँहि लिङदेनलाई अन्य नेताले खुट्टा तानेर अघि बढ्न नदिएको आरोप लगाएका छन् ।
यसैवीच लिम्बुवानका कार्यकर्ताको झगडा सामाजिक सञ्जाल फेसबुकमा समेत छताछुल्ल भएको छ । लिम्बुवान पार्टी फुटेकोमो अधिकांशले आपसमा मिल्नुपर्नेमा जोड दिएका छन् भने केहीले चाँहि एउटा पक्षले अर्कोलाई गोली हान्नेसम्मको स्टाटस लेख्न भ्याएका छन् ।
हेर्नुहोस् लिम्बुवानसम्बन्धी केही स्टाटस
अरु निम्न कार्यहरुले पार्टी फुटाएर जाने परम्परा राजनीतिमा देखिएको हो। तर अध्यक्षलेआफू आफैं अध्यक्ष हुँदाहुँदै पार्टी फुटाएर जानु भनेको अचम्मको घटना घटन लागेको छ।
सानाले ठूलालार्इ विरोध गरेको सुनेको छु, तर अध्यक्ष ठुलाले सानासानाहरुलार्इ विरोध गरेको उल्टो सुनेको लिम्बुवान राजनीतिमा मात्र हो।
पार्टीमा समस्या जनता र कार्यकर्ताको नभएर पाँच नेताका कारण छ। नेता नेताको कारकबाट कारण बनेर कार्य र कार्यबाट फुट्ने काममा नेतृत्व जिम्मेवार छन्। पार्टी फुटाउने नेता, साथी छुट्याउने नेता, एकतालार्इ टुटाउने नेता, लिम्बुवानी नेताहरुसँग रोउँ-रोउँ लाग्छ। लिम्बूवान आमालार्इ रुवाएर, लिम्बूवान जनतालार्इ धुरुधुरु रुवाएर आँशुको धाराले पिर्ने छ।
कुमारले मिलेर जाउँ भन्नासाथ सबै चार नेता र अरु कार्यकर्ता एक भएर आउँछन।कुमारले काम गरेको छ, अध्यक्ष उसैलार्इ मान्छन, यो निर्बिबाद बिषय हो।तर आव्हान र अनुरोध गर्ने नेता अध्यक्षले हो । नफलेको रुख नुहिँदैन तर, फलेको वृक्ष नुहिन्छ। यो विधिको विधान र प्रकृतिको नियम हो। महान बन्नेले महानताको काम गरेर देखाउ । कुमारको बिरोध कसैले नगर, कुमार पनि आफुमुनिका र माथिकाहरुलार्इ माया गर, समस्या समाधान हुन्छ । लोग्नेस्वास्नीको झगडा र अन्तरपार्टी विवाद तिललार्इ पहाड नबनाउ ।
छवि सम्बाहाङ्फे

राजनीतिक मुक्तिको गन्तव्य त प्रगाढ ईच्छाशक्ति भएको नेतृत्वले मात्र सम्भावित बनाउन सक्दछ । जनतालाई मुक्ति चाहिएको हो भने एक दिन आफ्नो मुक्तिदाता आफै पहिचान गर्नेछन् । त्यतिन्जेल सम्यमतापूर्क धैर्यधारण गरौं ।
अरु कोहीजना पनि साथीहरुबाट कुण्ठित भएर आफ्नो काम सिद्द गर्न नसकेको पीडा खेपेर बस्नुभएको छ भने नयाँ यात्राको तयारी गर्नुभए राम्रै हुनेछ । म त्यस्ता मित्रहरुलाई शुभकामना नै दिनेछु । जय लिम्बुवान !
लाजेहाङ लिम्बु

सधैं पार्टी विभाजनको दाउमा मात्रै किन बस्छ कुलि ? किन पार्टी संस्थागत गर्न चाहेन कुलिले ? सरकार स्थानीय निर्वाचनको तयारीमा कुलि लिम्बुवान विभाजनको तयारीमा किन किन ?
संघीय लिम्बुवान पार्टी नेपाल विभाजन हुनबाट बचाउँ । लिम्बुवान एकताबाट भाग्न खोज्ने तयारी जसरी अध्यक्ष कुमार लिङ्देन ( कुलि ) ज्यु बाट भइरहेको छ, त्यो लिम्बुवानइतिहासकै गलत, गद्दार, कलङ्कित निर्णय हुनेछ भने २९ गते भेला गरेर पार्टीलाई दर्ता गरेर अगाडि बढने बहस पनि सुन्नमा आएको छ, त्यो पनि पार्टी एकता संस्थागत गर्ने भन्दा पनि व्यक्तिगत र मनोगत आत्मकेन्द्रित निर्णय हुनेछ।
लिम्बुवान एकताबाट जो भाग्न खोज्छ, त्यस्लार्इ लिम्बुवानबासी जनताहरुले बहिस्कार गर्नेछन। लिम्बुवान एकता जिन्दावाद । विभाजन मानसिकता मुर्दावाद ।
लिम्बुवान बन्दूक
चिनी राखौं लिम्बुवानका सबैभन्दा खतरनाक अपराधि कुलि अर्थात् कुमार लिंग्देन ।संघीय लिम्बुवान पार्टीको प्रमाणपत्र बाँड्छन् अनि मञ्चको महाधिवेशन बोलाउँछन् । पागल…..
असार १७,१८,१९ गते संघीय लिम्बुवान पार्टी नेपालको सदस्यता बोकेर जोजो संघीय लोकतान्त्रिक रास्ट्रिय मंचको दोस्रो माहाधिबेसनमा जान्छन्, तिनीहरु राजनीतिमा होइन,कुलिको अपराधिक ग्याङ्गको सदस्य हुन् भन्ने पुस्टि हुन्छ । ग्याङ्गको नाइके कुलिले स्वार्थ पूरा भएपछि सबैले भिलेन स्टायलले गोली ठोक्दै जानेछन् ।
गद्दारहरुलार्इ गोली हान्ने टिम नबनिन्जेल लिम्बुवानको परिकल्पना गर्नु घर आगो लगाएर कोइलाको ब्यापार गर्नु जस्तै हो । बेलैमा सोच ८० प्रतिसत गरिबको छोराहरु, यो आन्दोलनलाई हाम्रो आन्दोलन बनाएर दौडिरहेका छौ ।१० बर्षमा २४० बर्षको राजन्तन्त्र समाप्त भएको थियो । तिम्रो १० बर्ष सोच नेताहरुले घर न घाटको बनाउनेछन् । यस्तो पार्टी फुटाइले साँच्ची त्याग गरेर लागेको कार्यकर्ताहरूलार्इ आत्मादेखि चोट पुराएको छ । हाउडाको पुलमा आवत जावत गर्ने यात्रीहरु जस्तो कायर्कर्ताहरु यो ठीक त्यो ठीक भन्लान् तर प्रत्येक सहरमा प्रत्येक आन्दोलनमा निस्कने कार्यकर्तालाई मनबाट दुखेको छ ।
अगुवा भनौदाहरुको कारण अबको आन्दोलनहरुमा सोझा साझा कार्यकर्ताहरुको टाउको फुट्ने छ । शक्ति क्षयीकरण र विभाजनका कारण समर्पण गरेका समर्पित कार्यकर्तालाई अपमान उपहार शिवाय विभाजनको फाइदा अरु हुन्न ।
विभाजनमा पैसाको चलखेल छ, यो बुझे हुन्छ । एउटा जोगीले त दिनभरमा कति पैसा बटुल्छ ? यो त राज्य खोज्ने आन्दोलन हो, विदेश बस्ने लठुवाहरुलाई के थाहा ? मागे पछि ल भन्यो, दियो । दिएको पैसाको न हिसाब न किताब ? न पारदर्शी छ ? न समर्पित कार्यकर्ताहरुको नाम लिस्ट छ ? कुमारलाई पार्टी सस्थागत गरेर लाने कुराको न चिन्ता छ ।बरु कसरी कहाँबाट कति पैसा कसरी मागौं ? र, सन्जु, वीर, कमल, रामभक्त लगायतलाई टाउकोमा कसरी ठोकौं मात्र छ । सन्जु, वीर, कमल र रामभक्तलाई कसरी कुमारेको धोती फुकालौं मात्र छ । खगेन्द्रलाई कसरी यो पाँच जनालार्इ फुटाएर आफू कसरी अगाडि बढौंमात्र छ । यस्ता कुख्यात अपराधी राजनीतिक योजनाले तमाम जुझारु नेता कार्यकर्ताहरु राजनीतिक सुकुमबासी शिवाय अरु बनाउँछन् भन्ने लागेन ।
यिनीहरुको अपराध दिनप्रतिदिन बढ्दो छ । यस्ता पागलपनबाट राज्य प्राप्तिको आन्दोलन दिनप्रतिदिन खस्कँदो छ । अगुवाहरुलाई लाग्ला, अहिलेसम्म त ढाँटिरहेका छौ, बुझेको दिन तिमीले जीवन बर्बाद बनाएका राजनीतिक सुकुम्बासी जवानहरुले तिमीहरुको जीवन बर्बाद गर्न आइतबार बार्ने छैन ।
लिम्बुवान भूमि
भेडेटारको एकताको मन्त्र जप्ने अधिकार कुलिलाई छैन । भेडेटारमा पाँच पार्टी एकता भएर संङीय लिम्बुवान पार्टी नेपाल बनेको हो । यो लिम्बुवानको पार्टी हो । कुलिको परिभाषा अनुसार उसको मन्च रास्टिय पार्टी हो कहिँनभएको जात्रा हाडीगाउँमा भनेझैं संघीय लिम्बुवान पार्टी नेपाल (क्षेत्रीय पार्टी)को लेटर प्याडमा (राष्ट्रिय पार्टी) मन्चको दोस्रो महाधिवेशनको आह्वानले कुलिलाई बौलाहा कुकुरले टोकेको पुष्टि गर्दछ । यस्तो पागलपन, लाजमर्दो, हास्यास्पद, अराजनितिक विषयहरु ऎनाजस्तो छर्लङ्ग देखिँदा पनि कुलिलाई पछ्याउने भरौटेहरु वा वा वा गरेर ताली बजाउँदैछन्। होइन, अलि अलि बुझ्ने टिम समेत कुलिसँग छैन कि के हो ? राजा चाहियो भन्दा पनि वा वा वा गरेर ताली बजाउने भए कुलिहरूका लठक ….नाराङ स्याङ्लो !
अजय लिम्बु लेकुवा
कोही पनि इमान्दार बनेनन्। यहाँ एकतालाई संस्थागत गर्ने भन्दा बढी नेतृत्वलाई कहाँबाट दोषी बनाउने, कसरी विफल बनाउने भन्ने खेलमा केही नेताहरु लागे। नेतृत्वलाईविफल बनाउनु नै लिम्बुवान आन्दोलनलाई विफल बनाउनु हो भन्ने कुरा सबैले बिर्सिए।
अन्ततः केही सीप नलागेर कुमार लिङ्देन मिराक हाम्रो पार्टी अध्यक्ष नै होइन भनेर विज्ञप्तिनिकाले । अध्यक्षलाई गलत साबित गराउन ६.२३ प्रतिशत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु भेला गरेर केन्द्रीय समितिको बैठकले विविध निर्णयहरु गरेको कुरा सार्वजनिक गर्दै झनै नेतृत्व र लिम्बुवान आन्दोलनलाई हाँसोको पात्र बनाए।
हामीले वास्तवमा हिजोका दिनमा जो भनेका थियौं, ती कुराहरु सकारात्मक ठहर हुँदैछन्। हामीले भनिरहेका थियौं, लिम्बुवान आन्दोलनको एकता ४/५ जना कथित नेताहरुसँग होइन, लिम्बुवानका ३४ लाख जनतासँग गर्न सक्नुपर्छ। त्यो एकता, एकता हो।तर, हामीले त्यो गर्न सकेनौं यो नै दुर्भाग्य बन्न पुग्यो।
र, महासचिव माखिमजीको यो नाटक मात्र हो। यी पाँच जनाको ग्राण्ड डिजाइन नै थियो । अन्ततः अध्यक्ष लिङदेनलाई लिम्बुवान आन्दोलनका गलत नेतृत्व साबित गराउने र जनतामाझ आफुहरु हिरो बन्ने यिनीहरुको नियत नै थियो।
तर, उहाँहरुले त्यो कुरा नसोच्दा हुन्छ। जनताले लिडर चिनिसकेका छन् ! होइन भने यी महासचिव भनाउँदा पार्टीभित्रको यत्रो भडामैलो अवस्थालाई वास्तै नगरी यतिका दिनसम्म कहाँ लुकेर बसेका थिए ।
२०७३ असार ५ गते १६:४७ मा प्रकाशित
0 comments :
Post a Comment