Home » , » अमेरिकी गायिका क्रिष्टिनाको हत्या, अटोग्राफ दिँदै गर्दा गोली हानियो

२९ जेठ, काठमाडौं । अमेरिकामा एक गायिकको गोली हानेर हत्या भएको छ । फ्लोरिडा राज्यको ओलान्डो शहरमा एक कन्सर्टपछि गायिका क्रिष्टिना ग्रिम...

अमेरिकी गायिका क्रिष्टिनाको हत्या, अटोग्राफ दिँदै गर्दा गोली हानियो

Written By Kutuma Kutu on Monday, 20 June 2016 | 17:31


२९ जेठ, काठमाडौं । अमेरिकामा एक गायिकको गोली हानेर हत्या भएको छ । फ्लोरिडा राज्यको ओलान्डो शहरमा एक कन्सर्टपछि गायिका क्रिष्टिना ग्रिमीलाई गोली हानिएको हो ।
उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । अमेरिकी टीभी कार्यक्रम दि भ्वाइसमा भाग लिइसकेकी उनीमाथि अटोग्राफ दिइरहेको बेला आक्रमण भएको हो ।
आक्रमणकारीलाई क्रिष्टिनाकी भाइले पक्राउ ष्रेका छन् । तर, त्यसबेलासम्म गायिकालाई गोली हानेर उनले आफूलाई पनि गोली हानिसकेका थिए ।
२२ वर्षकी क्रिष्टिनालाई एक स्थानीय अस्पतालमा लगिएको थियो । जहाँ उनको मृत्यु भएको प्रहरी र सहयोगीले पुष्टि गरेका छन् ।
पुलिसले आक्रमणकारीको नाम सार्वजनिक गरेको छैन । आक्रमणकारीसँग दुई वटा बन्दुक भएको बताइएको छ ।
२०१४ को दि भ्वाइस कार्यक्रममा क्रिष्टिना तेस्रो भएकी थिइन् ।
२०७३ जेठ २९ गते १६:१३ मा प्रकाशित
SHARE

About Kutuma Kutu

0 comments :

Post a Comment