Home » » नर्भिकदेखि बिएन्डबीसम्म नक्कली डाक्टर, ३६ पक्राउ (सूचि)

काठमाडौं–नक्कली प्रमाणपत्रको आधारमा मेडिकल पेशा अँगाल्दै आएका डाक्टर ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) क...

नर्भिकदेखि बिएन्डबीसम्म नक्कली डाक्टर, ३६ पक्राउ (सूचि)

Written By Kutuma Kutu on Monday, 20 June 2016 | 01:45

काठमाडौं–नक्कली प्रमाणपत्रको आधारमा मेडिकल पेशा अँगाल्दै आएका डाक्टर ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ।
सिआइबीले पक्राउ गरेका नक्कली प्रमाणपत्रधारी ३६ जनाको नाम आइतबार सार्वजनिक गरेको छ। सिआइबीका अनुसार नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषदद्वारा संयुक्त रुपमा गरिएको छानविनपछि नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका हुन्।
सिआइबीले नेपाल मेडिकल काउन्सिल (एनएमसी) दर्ता नम्बर प्रयोग गरी चिकित्सकीय सेवा प्रदान गर्नेविरुद्ध ‘अपरेशन क्वाक’ नामको कारवाहीका क्रममा ३६ जनालाई शुक्रबार पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये ६ जना महिला छन् भने ३० पुरुष छन्। उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको सिआइबीले उल्लेख गरिएको छ।
स्रोतका अनुसार प्रकाउ परेका ३६ मध्ये ३५ जनाले बिहारको सर्टिफिकेट देखाएर मेडिकल अभ्यास गर्दै आएको विवरण सिआइबीको प्ररम्भिक अनुसन्धानमा देखिएको छ।
पक्राउ डाक्टरको सूचि हेर्नोस् :- 

SHARE

About Kutuma Kutu

0 comments :

Post a Comment