Home » , » काबुल आक्रमणबारे सरकारले सदनमा जानकारी गराउने

६ असार, काठमाडौं । १४ जना नेपालीको ज्यान जाने गरी भएको अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणबारे सरकारले संसद बैठकमा जानकारी गराउन...

काबुल आक्रमणबारे सरकारले सदनमा जानकारी गराउने

Written By Kutuma Kutu on Monday, 20 June 2016 | 17:00


६ असार, काठमाडौं । १४ जना नेपालीको ज्यान जाने गरी भएको अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणबारे सरकारले संसद बैठकमा जानकारी गराउने भएको छ ।
सोमबारको संसद बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले काबुल आक्रमणबारे जानकारी गराउँदै सरकारको धारणा पनि राख्नेछन् ।
थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले परराष्ट्रमन्त्री थापाले केहीबेरमा संसदमा सम्बोधन गर्ने अनलाइनखबरलाई जानकारी दिए ।
काबुलमा तालिवानले आत्मघाती आक्रमण गर्दा १४ जना सुरक्षा गार्डको मृत्यु भएको छ । आक्रमणमा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना नेपाली छन् ।
SHARE

About Kutuma Kutu

0 comments :

Post a Comment