काठमाडौं । जेनिसा केसीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘एक पल’ को टे्रलर सार्वजनिक भएको छ । लामो समयपछि मुख्य भूमिकामा देखिएकी जेनिसा चलचित्र रिलिजपछि आफ्नो करिअर चम्किनेमा आशावादी छिन् ।
राज शाक्यको निर्देशन रहेको यस चलचित्रमा जेनिसा र आरएल महर्जनको मुख्य भुमिका रहेको छ । प्रत्येक मान्छे एक पलमा बिग्रन्छ, एक पलमा सप्रन्छ भन्ने सन्देश फिल्मले दिएको छ ।
प्रेमकथामा आधारित यस चलचित्रमा पनि एक्सनलाई पनि विषेश महत्व दिइएको निर्देश शाक्यले बताए । आउँदो २१ साउनमा फिल्म रिलिज हुने भएको छ ।
0 comments :
Post a Comment