Home » » ब्लड प्रेसर नियन्त्रण गर्ने प्रभावकारी घरेलु औषधि उपाय

अनियमित दिनचर्या र खानपानका कारण हिजोआज उच्च रक्तचाप (ब्लड प्रेसर)को समस्या सामान्य भइसकेको छ । अझ ग्रामिण क्षेत्रको तुलनामा शहरमा यो ...

ब्लड प्रेसर नियन्त्रण गर्ने प्रभावकारी घरेलु औषधि उपाय

Written By Kutuma Kutu on Monday, 20 June 2016 | 22:23


अनियमित दिनचर्या र खानपानका कारण हिजोआज उच्च रक्तचाप (ब्लड प्रेसर)को समस्या सामान्य भइसकेको छ । अझ ग्रामिण क्षेत्रको तुलनामा शहरमा यो समस्याबाट पीडित हुनेहरु धेरै नै छन् । उच्च रक्तचापका बिरामीहरुलाई रिंगटा लाग्ने, काम गर्ने जाँगर नचल्ने, निन्द्रा नलाग्ने लगायतका समास्या हुन्छ । उच्च रक्तचापका कारण हृदयघात हुने सम्भावना पनि हुने हुँदा सचेत हुनु आवश्यक छ । यसर्थ केही घरेलु उपचार सावधानीपूर्वक अपनाइए उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । निकै सावधानी र संयमपूर्वक यी उपाय अपनाएर उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुहोस् 

नुनको कम प्रयोग 

नुन उच्च रक्तचाप बढाउन मध्ये सबैभन्दा प्रमुख कारक हो । यसर्थ सबैभन्दा राम्रो यो हुन्छ की उच्च रक्तचाप पीडितले नुनको प्रयोग कम मात्रामा गर्नुहोस् ।
लसुन
उच्च रक्तचापको एक प्रमुख कारण रगत गाढा हुनु हो । रगत गाढा हुँदा रक्त प्रवाहमा सुस्तता आउँछ । यसले धमनी र टाउकोमा दबाब बढ्छ । लसुनको प्रयोग उच्च रक्तचाप नियन्त्रण र निको पार्न मद्दत गर्ने एक घरेलु उपाय हो । यसले रगतलाई बाक्लो हुन दिँदैन । धमनीप्रति पनि लाभदायक हुन्छ । कोलेस्ट्रोल हुने सक्ने स्थितिलाई लसुनले समाधान गर्छ ।
प्याज
प्याजको नियमति सेवनले उच्च रक्तचापलाई नियन्त्रणन राख्छ । यदी तपाईंलाई उच्च रक्तचाप भइहाले तुरुन्त प्याज खानुहोस् । प्याज खानाले शरीरमा कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रण राख्छ । यसमा क्योरसेटिन पाइन्छ, यो एक यस्तो अक्सिडेन्ट फ्लेनेवल हो जसले मुटुको बिरामीलाई बचाउँछ । प्याज खाना र सलादको साथमा खान सकिन्छ ।
अदुवा
प्याज र लसुन जस्तै अदुवा सेवन पनि उच्च रक्तचापका लागि निकै फाइदाजनक हुन्छ । अदुवा खानाले रक्त प्रवाहमा अवरोध हुन दिँदैन । अदुवामा धेरै ताकत दिने एन्टी अक्सिडेन्ट हुन्छ । यसको सेवनले रक्तसञ्चारलाई सुधार गर्ने काम गर्छ । धमनीको आसपासको मांसपेशीलाई आराम दिन्छ ।

कागतीको रस र तिल 

कागतीको रसले हृदयघात हुन दिँदैन । एक–एक चम्चा मह, अदुवा वा कागतीको रस पानीमा मिलाएर हप्तामा दुईतीन पटक पिउँदा उच्च रक्तचापको बिरामीका लागि निकै फाइदा हुन्छ ।
यस्तै तिलको सेवनले पनि रक्तचापलाई सामान्य अवस्थामा राख्छ । तिलको तेल चामलको चोक्करसँग खाएमा रक्तचापलाई नियन्त्रण गर्ने सबैभन्दा उत्तम औषधि हो ।
खरबुजाको बीऊ र आलस 

खरबुजाको बीउ भित्रको दानालाई मिसेर दैनिक साँझ बिहान एक चम्चा खाली पेटमा एक महिनासम्म खाएमा उच्च रक्तचाप रोगीलाई निकै फाइदा पुग्छ ।
यस्तै आलसमा अल्फा लिनानेलिक एसिड भरपूर मात्रामा पाइन्छ । यो एक प्रकारको ओमेगा ३ फाइटी एसिड हो । केही अध्ययन अनुसार जुन व्यक्तिलाई उच्च रक्तचापको हुन्छ, उसले आफ्नो आहारामा आलसको बन्दोबस्त गर्न थाले हुन्छ । यसमा कोलेस्ट्रोलको मात्रा पनि कम हुन्छ । यसको सेवनले रक्तचाप पनि कम हुन्छ ।
SHARE

About Kutuma Kutu

0 comments :

Post a Comment