असार -८,काठमाडौं । सन् २०१० डिसेम्बरको एक साँझ । सोमबार अफगानिस्तानको काबुलमा तालिबानी आक्रमणमा परी १२ नेपालीको मृत्यु भयो । यही अफगानिस्तान हो, जहाँ ६ वर्षअघि एक वीर नेपालीले तालिबानको सिङ्गो फौजलाई एक्लै परास्त गरेका थिए ।
रोयल गोर्खा राइफल्सका हवलदार दिपप्रसाद पुन अफगानिस्ताको हेल्मन्ड प्रान्तमा एक चौकीमा तैनाथ थिए । त्यत्तिकैमा बाहिर हल्लाखल्ला सुनियो । पुनले बाहिर नियाले । त्यहाँ तालिबानी विद्रोहीहरु सडकमा विस्फोटक पदार्थ बिछ्याउँदै थिए । नजर डुलाए ।
उनीसहितको चौकीलाई तालिबानी लडाकुले चारैतिबाट घेरिसकेका रहेछन् । दिप एक्लै थिए । सोचे, यसै पनि मर्नु नै छ, यत्तिकै आत्मसमर्पण गरेर किन मर्ने ? त्यसपछि उनले एक्लै भएपनि परिस्थितिको सामना गर्ने मनस्थिति बनाए । लडाकुहरुले फायर खोले । पुन आत्तिएनन् । उनले पनि आफूसँग रहेको मेसिन गनबाट फायर गर्न थाले । चारैतिर फर्किएर अन्धाधुन्द गोली बर्साए ।
घटनाबारे स्मरण गर्दै पुन भन्छन्, ‘त्यतिबेला म निरास थिइनँ । किनकी लड्नेभन्दा मसँग अरु कुनै विकल्प पनि थिएन । तालबानीहरुले चारैतिरबाट मलाई घेरेका थिए र म एक्लो थिएँ । मलाई थाहा थियो, म मर्ने निश्चित छ । तब लाग्यो सकेसम्म धेरैलाई मारेर मात्र मर्छु ।
jay gorkhe
ReplyDelete