Home » , » 'प्रेमगीत' (पुरा मुभी )

बर्ष २०७२ मा दर्शकको मन जितेको सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' युट्युवमा आएको छ । नेपाल रिलिजसँगै विदेश प्रदर्शनको क्र...

'प्रेमगीत' (पुरा मुभी )

Written By Kutuma Kutu on Wednesday, 22 June 2016 | 00:06


बर्ष २०७२ मा दर्शकको मन जितेको सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' युट्युवमा आएको छ । नेपाल रिलिजसँगै विदेश प्रदर्शनको क्रममा पाईरेसीको मारमा परेको फिल्म अन्ततः अफिसियल रुपमै युट्युवमा आएको हो । 
भिसिडी तथा ईन्टरनेट प्रदर्शन अधिकार लिएको कम्पनि ओएसआर डिजिटलले शुक्रबार दिउँसो 'प्रेमगीत'लाई विश्ववव्यापी रुपमा ईन्टरनेट रिलिज गरेको हो ।  पाईरेसीको कारण फिल्म यसअघि नै बाहिरिएपनि युट्युवमा समेत फिल्मले दर्शकको मन जित्ने ओएसआरका तर्फबाट ओम अग्रवालले दाबी गरे । 
नेपालसँगै दर्जनबढि देशमा प्रदर्शन आएको फिल्मले सांगितिक रुममा छुट्टै छाप छोडेको थियो । आशुसेन फिल्मस् प्राली को प्रस्तुती तथा सन्तोष सेनको निर्माणमा बनेको फिल्मबाट अभिनेता प्रदिप खड्का नेपाली फिल्म उद्योगको लागी उदाउँदो नक्षत्रको रुपमा उदाएका थिए । भने अभिनेत्री पूजा शर्माले पनि कामबाट राम्रै प्रशंसा पाईन् ।
नेपाल तथा विदेश प्रदर्शनबाट फिल्मले लगानी रिकभर गर्दै नाफाको विजनेस गरकेो निर्माता सेनले फिल्मीखबरलाई बताए । निर्माता सेन अहिले 'प्रेमगीत'को सिक्वेल निर्माणमा जुटेका छन् ।

हेर्नुहोस पुरा फिल्मः

SHARE

About Kutuma Kutu

0 comments :

Post a Comment